बुधबार थपिए देशभर २३६ संक्रमित
फाइल तस्बिर
काठमाडौँ- पछिल्लो २४ घण्टामा २ सय ३६ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ३ सय ९ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय १७ र एन्टीजेन्ट विधिबाट १९ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी २ सय ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ९ हजार ६५९ जना संक्रमणमुक्त भइसकेका छन् । आज मात्र २ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ७९ संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५ हजार १ सय ८५ र २४ घण्टामा २ लाख ३९ हजार ६ सय ६१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आईसीयूमा ९२ र भेन्टीलेटरमा २७ जना उपचाररत छन् । होम आईसोलेशनमा ४ हजार ९ सय ४८ , संस्थागत आईसोलेशनमा २ सय ३७ र क्वारेन्टाइनमा १ सय ७ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया