स्वास्थ्य

चीनमा चार महिनापछि सबैभन्दा धेरै संक्रमित

इकागज |
पुस १०, २०७८ शनिबार १९:५२ बजे

एजेन्सी - चीनमा कोभिडबाट दैनिक संक्रमितको संख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा संक्रमितको संख्या घट्दै गए पनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । 

संक्रमण सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्यूनीकरण भने अरू देशमा भन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा चीनमा कोरोनाभाइरस पुष्टि भएको थियो । सुरुमा उच्च सतर्कता गरेकाले चाँडो महामारी न्यूनीकरण गर्न सफल भएको थियो भने चीनले कोभिडविरुद्धको खोप पनि उत्पादन गरेको छ । 


चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन् । अहिले फेरि संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा १४० जना नयाँ संक्रमित भेटिएको पुष्टि गरिएको हो । तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अरू बाहिरबाट सरेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । रासस 


Author

थप समाचार
x