स्वास्थ्य

देशभर थपिए २१९ संक्रमित, २ को मृत्यु

इकागज |
पुस ११, २०७८ आइतबार १७:६ बजे

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा २ सय १९ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ६ सय ७७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय १३ र एन्टीजेन्ट विधिबाट ६ जनामा कोभिड पुष्‍टि भएको छ ।

त्यसैगरी २ सय ८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १० हजार ७८० जना संक्रमणमुक्त भइसकेका छन् । आज मात्र २ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ८५ संक्रमितको मृत्यु भइसकेको छ ।


देशभर सक्रिय संक्रमित ४ हजार १ सय ६ र २४ घण्टामा ७६ हजार ३ सय ३० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आईसीयूमा ७५ र भेन्टीलेटरमा २४ जना उपचाररत छन् । होम आईसोलेशनमा ४ हजार ६ सय ७७, संस्थागत आईसोलेशनमा २ सय २९ र क्वारेन्टाइनमा ९९ जना छन् ।


Author

थप समाचार
x