स्वास्थ्य

बुधबार थपिए देशभर २२० संक्रमित

इकागज |
पुस १४, २०७८ बुधबार १७:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- बुधबार देशभर २ सय २० जना कोभिड-१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय जनाको कोभिड परीक्षण गर्दा २ सय २० जनामा कोभिड संक्रमण थपिएका हुन् ।

त्यसैगरी २४ घण्टामा २ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आज २ जनाको मृत्यु भएको हो । आइसीयूमा ८७, भेन्टीलेटरमा २१ र क्वारेन्टाइनमा ९८ जना छन् ।



Author

थप समाचार
x