स्वास्थ्य

शुक्रबार देशभर थपिए २३५ संक्रमित, ४ जनाको मृत्यु

इकागज |
पुस १६, २०७८ शुक्रबार १६:५ बजे

फाइल तस्बिर

काठमाडौँ- शुक्रबार देशभर २ सय ३५ कोभिड- १९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर विधिबाट २२४ र एन्टिजेन्टबाट ११ जनामा कोभिड पुष्‍टि भएको थियो ।

त्यसैगरी आज २१२ जना संक्रमणमुक्त भएका छन् । याे तथ्याङ्कसहित अहिलेसम्म ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।


आज मात्र ४ जनाको मृत्यु र हालसम्म ११ हजार ९५४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितकाे संख्या ४ हजार ८ सय ७९ पुगेकाे छ । त्यस्तै २४ घण्टामा १ लाख ३९ हजार १५२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आईसीयूमा ८९ र भेन्टिलेटरमा २४ जना उपचाररत छन् । त्यसैगरी होम आइसोलेसनमा ४ हजार ६५१, संस्थागत आइसोलेसनमा २२८ र क्वारेन्टाइनमा १०३ जना बसिरहेका छन् ।


Author

थप समाचार
x