स्वास्थ्य

क-कसले पाउँछन् कोभिडविरुद्धको अतिरिक्त खोप?

इकागज |
पुस २०, २०७८ मंगलबार १०:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले दीर्घरोगी तथा ६० वर्ष माथिकालाई कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने भएको छ । मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका, क्यान्सर रोगीहरू, अंग प्रत्यारोपण गरेकाहरू, एचआईभी संक्रमितले,  उपचार गराउने क्रममा रोग प्रतिरोधात्मक क्षमता भएकाले पाउने छन् ।

भेरोसेल र कोभिसिल्ड खोप लगाएका ६० वर्ष माथिकाले पनि अतिरिक्त खोप पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, कहिलेदेखि अतिरिक्त खोप भनेर मिति सार्वजनिक गरेको छैन ।


 


Author

थप समाचार
x