स्वास्थ्य

अबदेखि नेपाल प्रवेश गर्ने नाकामा कूटनीतिज्ञको एन्टीजेन्ट परीक्षण गरिने

इकागज |
पुस २०, २०७८ मंगलबार १६:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका वा नगरेका नेपाली र विदेशी नागरिककलाई नेपाल प्रवेश नाकामा एन्टीजेन्ट परीक्षण गरी प्रवेश अनुमति दिने भएको छ ।

परीक्षण रिपोर्ट पोजेटिभ देखिएकालाई संस्थागत आइसोलेसनमा र नेगेटिभ देखिएकालाई दस दिन होम क्वारेन्टाइनमा बस्‍न दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यसैगरी विदेशी कूटनीतिक वा अफिसियल पासपोर्ट भएकाले खोपको मात्रा पूरा गरेका र नगरेकालाई प्रवेश विन्दुमा एन्टीजेन्ट परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आईसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेसनमा पठाइने व्यवस्था छ ।

रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वारेन्टाइन वा सम्बन्धित नियोगको जिम्मेवारीमा होम क्‍वारेन्टाइनमा बस्‍न दिइने छ । पछिल्लो समय सरकारले विभिन्‍न मुलुकमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिन थालेपछि नेपालले पनि प्रवेशमा कडाइ गर्न थालेको छ ।

केही दिनयता मुलुकमा कोभिड संंक्रमितको संख्या थपिने जारी छ । मंगलबार मात्र देशभर करिब ४ सय संक्रमित थपिएका छन् । 

 

 


Author

थप समाचार
x