स्वास्थ्य

फाइजरका लागि सिरिन्ज आयो, बालबालिकाले कहिलेदेखि खोप पाउँछन्?

इकागज |
पुस २१, २०७८ बुधबार १३:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले बालबालिकालाई ( १२ देखि १७ ) कोभिड विरुद्धको फाइजर खोप लगाउँदै आएको छ । केही दिनअघि  फाईजर लगाउने भनेर सार्वजनिक गरेको खोप कार्यक्रम सिरिन्ज अभाव भएर स्थगित भएको थियो ।

मंगलबार अमेरिकाबाट ६ लाख ६६ हजार सिरिन्ज नेपाल ल्याइयो । कोभिडविरुद्ध लगाइरहेका अन्य खोप लगाउन प्रयोग गरिने सिरिन्ज फाईजर खोपमा प्रयोग गर्न मिल्दैन् ।


फाइजर खोप लगाउन ०. ३ मार्जिनको सिरिन्ज हुनुपर्छ । खोप निर्माण गर्दा खोप लगाउन छुट्टै खोप निर्माण गरिएको हुन्छ । साइज बढी र घटी भएमा पनि सिरिन्ज प्रयोग गर्न हुँदैन । नेपालमा १ एम. एलको मात्र खोप पाइन्छ ।

बालबालिकालाई फाइजर खोप लगाउन सिरिन्ज आइसकेकाले कहिलेदेखि खोप लगाउने भनेर फाईल भोलि स्वास्थ्य मन्त्रालयमा पेश गर्ने खोप महाशाखाका डा. सागर दाहालले जानकारी दिए । 'सम्पूर्ण तयारी पूरा भएपछि मन्त्रालयले खोप लगाउन निर्देशन दिएमा चाँडै मिति सार्वजनिक गरिन्छ,' उनले भने ।

यसअघि सरकारले निर्धारण गरेको जिल्लाका आधारमा खोप लगाउने वा नलगाउने त्यस विषयमा छलफल भएकाे दाहालले बताए । यसअघि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा कार्यक्रम सञ्‍चालन गर्ने  तय भएको थियो ।

महाशाखाका अनुसार खोप संख्याको आधारमा जिल्लाको संख्या घटबढ हुन सक्छ । मन्त्रालयको निर्देशनअनुसार जिल्लाको संख्या घट्ने वा बढ्ने दाहालले प्रस्ट पारे ।यसअघिको निर्धारित समयतालिका अनुसार १३ गतेबाट ( मंगलबार) १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने कार्यक्रम थियो । बालबालिकाले फाइजर र मोर्डना खोप लगाइरहेका छन् ।

यसअघि दीर्घरोगी र थोरै संख्याका बालबालिकाले फाइजर खोप लगाइसकेका छन् । यसअघि पनि अमेरिकाले कोभ्याक्स अन्तर्गत १ लाख भन्द बढी खोप सहयोग गरेको थियो ।

१८ वर्ष माथिका नागरिकले भेरोसेल, कोभिसिल्ड, अष्‍ट्राजेनिका र जोन्सन एण्ड जोन्सन खोप लगाउँदै आइरहेका छन् । ज्येष्‍ठ नागरिक, फ्रन्टलाइनर, विभिन्‍न उमेर समूहका मानिस तथा फरक-फरक पेशामा संलग्‍न भएका मानिसले पनि कोभिडविरुद्धको खोप लगाइसकेका छन् ।


Author

थप समाचार
x