ओमिक्रोन बढेपछि अक्सिजन, जनशक्ति र अत्यावश्यकीय सामग्री तयार राख्न सरकारकाे निर्देशन
फाइल तस्बिर
काठमाडौँ- सरकारले देशभरको कोभिड उपचार केन्द्र रहेका अस्पताललाई जनशक्ति तथा अक्सिजन जस्ता अतिआवश्यक सामग्री तयार राख्न निर्देशन दिएको छ । कोभिडको ओमिक्रोन भेरियन्टले अस्पताल भर्ना दर बढ्न सक्ने हुँदा अक्सिजन आपूर्ति र स्वास्थ्य उपकरण तयार राख्न अस्पतालहरूलाई निर्देशन दिएको हो ।
संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मीहरूलाईसमेत निर्देशन दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । सीमा नाकामा कोभिड परीक्षणलाई थप सशक्त बनाइएको उनले बताइन् ।
'नेपालमा देखिएको ओमिक्रोनको तथ्यांकलाई आधार मान्ने हो भने अत्यधिक मात्रामा संक्रमण बढ्ने देखिएको छ । नागरिकदेखि सरकार थप जिम्मेवार बन्नुपर्ने छ,' उनले भनिन्, 'सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड राम्ररी पालन गर्नुपर्छ ।'
सम्भावित संक्रमितको स्क्रिनिङ गर्ने सुविधा देशभरका मुख्य-मुख्य अस्पतालमा रहेका छन् । वीर अस्पताल, सिभिल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवी शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला-प्रदेश नम्बर २ र भेरी अस्पतालमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया