स्वास्थ्य

कोभिड संक्रमण बढेपछि नौ दिनका लागि विद्यालय बन्द

इकागज |
पुस २३, २०७८ शुक्रबार १५:४५ बजे

दाङ - दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ । विद्यालयहरूमा कोभिड संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृलते २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् । कोभिड संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि संक्रमणको चेन ब्रेक गर्नका लागि उपमनहागर भरिका सबै बिद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।



Author

थप समाचार
x