'उपत्यकामा निषेधाज्ञा वा स्मार्ट लकडाउन गर्ने विषयमा छलफल भएको छैन'
फाइल तस्बिर
काठमाडौँ- भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोभिड नियन्त्रणका लागि विभिन्न उपाय अपनाउने बताएकी छिन् । जिल्लाभित्र संक्रमण रोक्न स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराइने उनले बताइन् । 'स्वास्थ्य मन्त्रालय र सिसिएमसीको निर्देशनअनुसार कोभिड नियन्त्रणका लागि कदम चालिन्छ,' इकागजसँग उनले भनिन्, 'निषेधाज्ञा वा स्मार्ट लकडाउन लगाउने विषयमा केही तयारी भएको छैन ।'
उपत्यकाको तीनै जिल्लाका प्रमुखको बैठक बसेर एक-दुई दिनमा निर्णय गर्ने उनको भनाइ छ । सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न र खोप लगाउने कार्यलाई निरन्तरता दिने अभियानलाई तीव्रता दिने उनले प्रस्ट पारिन् ।
उपचार केन्द्रको व्यवस्था र कोभिड परीक्षणको दायरा फराकिलो बनाइने उनले बताइन । शर्माले जिल्लाभित्र कोभिड नियन्त्रण गर्नका लागि आज छलफल हुने जानकारी दिइन् । 'एउटा जिल्लामा मात्र निषेधाज्ञा वा लकडाउन गर्ने कुरा हुँदैन,' उनले भनिन,' कतै खुकुलो र कडाइ नगरिने तथा स्मार्ट लकडाउन गर्नुपरे उपत्यकाको तीन जिल्लामा एकसाथ गरिन्छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया