स्वास्थ्य

गर्भावस्थामा कोभिडविरुद्धको खोप लगाउँदा के हुन्‍छ ?

इकागज |
पुस २६, २०७८ सोमबार ७:२२ बजे

फाइल तस्बिर

प्रश्न: गर्भावस्थामा कोभिडविरु्दधको खोप लगाएका कारण समय नपुगी वा कम तौल भएको बच्चा जन्मिने सम्भावना हुन्छ?

उत्तर : हुँदैन।


कोभिड-१९ विरुद्धको खोपले गर्भपात हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्‍ने कुरा गलत हुन् । गर्भावस्थामा कोभिडविरुद्धको खोप लगाएका महिलाहरूले समय नपुगी बच्चा जन्माउने र कम तौल भएको बच्चा जन्माउने जोखिमको खोपसँग कुनै सम्बन्ध छैन । सबै गर्भवती महिलाहरूलाई उक्त खोप गर्भवती भएको पहिलो तीन महिनापछि दिन सकिन्छ । त्यसैले ढिला नगरी आफूलाई पायक पर्ने खोप केन्द्रमा समयमै पुगेर खोप लगाऔँ ।


Author

थप समाचार
x