स्वास्थ्य

भारतका २७ राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलियो

इकागज |
पुस २६, २०७८ सोमबार ९:३९ बजे

नयाँ दिल्ली- भारतमा कोभिड संक्रमण तीव्र बढिरहेको छ । भारतका २७ वटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरूले पूर्ण खोप लगाएका छन् । 

आइतबार एकै दिन एक लाख ७९ जनामा  संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।


पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका ४०० कर्मचारीमा कोभिड संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । 


Author

थप समाचार
x