'काठमाडौँ उपत्यकामा तत्काल लकडाउन गर्ने पक्षमा छैनौँ'
फाइल तस्बिर
काठमाडौँ - काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले तत्कालै उपत्यकामा लकडाउन गर्ने योजना नरहेको बताएका छन् । कोभिड-१९ को संक्रमण बढिरहे पनि तत्कालै लकडाउन गर्ने पक्षमा नरहेको उनले बताए । 'प्रशासनले सिसिएमसीको निर्णय कार्यान्वय गर्ने प्राथमिकतामा पहिलो प्राथमिकतामा राखेको छ , रिजालले इकागजसँग भने, 'तत्कालै लकडाउन गरेर जाने अवस्था छैन ।'
सिसिएमसीले सार्वजनिक स्थानमा भीडभाड हुन नदिने निर्देशनलाई कार्यान्वय गरिने रिजालको भनाइ छ । सवारीसाधन, व्यवसाय गर्दा र रात्रीकालीन व्यवसाय गर्नेलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाइने उनले बताए । 'होटल, बैंक तथा अन्य सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भीडभाड हुन दिदैँनौ,' रिजालले भने,' मास्क, तापक्रम नाप्ने र स्यानिटाइजर अनिवार्य गराउँछौँ।'
उपत्यकाका तीनै जिल्लाको प्रमुख जिल्लाको अधिकारीको भोलि बैठक बस्ने उनले जानकारी दिए । 'बैठकले थप केही निर्णय गर्ने छ,' उनले भने । जनस्वास्थ्यको मापदण्ड कडाइको साथ पालना गराउन अनुरोध गरिने उनको भनाइ छ । 'रात्रीकालीन व्यवसायलाई सामाजिक दूरी र जनस्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइन्छ, ' उनले भने,' सिसिएमसीको निर्देशनलाई कार्यान्वयन गर्न पहिलो प्राथमिकता रहन्छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया