स्वास्थ्य

आज देशभर थप तीन हजार ७५ जनामा काेभिड पुष्टि, २ काे मृत्यु

इकागज |
पुस २८, २०७८ बुधबार १६:३५ बजे

फाइल तस्बिर

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना काेभिड संक्रमित थपिएको छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा काेभिड पोजेटिभ पुष्टि भएको हो । 


यस्तै, गरी २४ घण्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन् ।


Author

थप समाचार
x