स्वास्थ्य

उपत्यकामा थपिए १४९८ संक्रमित

इकागज |
पुस २८, २०७८ बुधबार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ-  बुधबार काठमाडौँ उपत्यकामा १ हजार ४ सय ९८ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार १२८, ललितपुरमा २ सय ३६ र भक्तपुरमा १ सय ३४ संक्रमित थपिएका छन् ।

त्यसैगरी देशभर आज तीन हजार ७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । 


२४ घण्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका छन् । कोभिड संक्रमणकै कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन्  ।

 


Author

थप समाचार
x