स्वास्थ्य

देशभर ३५५३ संक्रमित थपिँदा १ को मृत्यु

इकागज |
पुस २९, २०७८ बिहीबार १६:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर बिहीबार तीन हजार ५ सय ३५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको कोभिड परीक्षण गरिएको थियो  । 

२४ घण्टामा दुई सय ७१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ८ लाख १५ हजार ३४७ जना संक्रमणमुक्त भइसकेका छन् । कोभिड संक्रमणकै कारण एक जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ६१० जनाको मृत्यु भइसकेको छ ।


देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना छन् । आज मात्र तीन लाख ५६ हजार ४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x