स्वास्थ्य

काठमाडौँ उपत्यकामा १९१६ संक्रमित थपिए

इकागज |
पुस २९, २०७८ बिहीबार १६:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- बिहीबार काठमाडौँ उपत्यकामा १ हजार ९१६ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार ४४९, ललितपुरमा ३ सय १७ र भक्तपुरमा १ सय ५० संक्रमित थपिएका छन् ।

त्यसैगरी देशभर तीन हजार ५ सय ३५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको कोभिड परीक्षण गरिएको थियो  । २४ घण्टामा दुई सय ७१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ८ लाख १५ हजार ३४७ जना संक्रमणमुक्त भइसकेका छन् ।


कोभिड संक्रमणकै कारण एक जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ६१० जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना छन् । आज मात्र तीन लाख ५६ हजार ४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

 


Author

थप समाचार
x