माघ २ गतेबाट स्वास्थ्यकर्मीलाई 'बुस्टर' डोज
दोस्रो साताबाट ६० वर्ष कटेकाले पनि पाउने
फाइल तस्बिर
काठमाडौँ - माघ २ गतेदेखि स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनरको रुपमा कार्यरतहरूले बुस्टर डोज पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले फ्रन्टलाइनरको रुपमा काम गर्नेहरूले बुस्टर डोज पाउने भएका हुन् ।
सरकारले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटा स्वास्थ्य कार्यालयलाई आवश्यक बुस्टर डोज उपलब्ध गराउन निर्देशन दिएको छ ।
दोस्रो सातादेखि ६० वर्ष माथिकालाई कोभिडविरुद्ध खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो पटक खोप लगाएको ६ महिना कटेका नागरिकलाई पनि लगाइदिने भएको छ ।
परिवार कल्याण महाशाखाले जारी गरिएको विज्ञप्तिमा भनिएकाे छ, 'पहिले लगाएको खोपको पूर्ण मात्रा पूरा गरेको साथै ६ महिना नाघेका नागरिकहरूलाई बुस्टरको मात्रा व्यवस्था गर्नू ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया