स्वास्थ्य

काठमाडौँमा २९४३ सहित उपत्यकामा थपिए ३९३९ संक्रमित

इकागज |
माघ ३, २०७८ सोमबार १६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा ३ हजार ९ सय ३९ संक्रमित थपिएका छन् । सोमबार काठमाडौँमा २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर ६ हजार ७३४ जनामा कोभिड-१९ संक्रमण पुष्‍टि भएको । मन्त्रालयकाअनुसार १७ हजार ४६५ जनाको परीक्षण गरिएको थियो । २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् । आज मात्र ३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ३० हजार ८७७ र २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


 


Author

थप समाचार
x