स्वास्थ्य

राष्‍ट्रिय उपभोक्ता मञ्‍चको मागः कोभिड परीक्षण निशुल्क गर

इकागज |
माघ ४, २०७८ मंगलबार ११:१२ बजे

काठमाडौँ- राष्‍ट्रिय उपभोक्ता मञ्चले कोभिड-१९ परीक्षण निशुल्क हुनुपर्ने माग गरेको छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क पाउनु पर्ने उपभोक्ताको अधिकारलाई सर्वोच्च अदालतले समेत स्वीकार गरेको छ ।

नागरिकको कोभिड परीक्षण निशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिई सकेको छ । नेपाली जनतालाइ सरकारी स्वास्थ्य संयन्त्रहरुबाट समेत बढी मूल्य लिनु नितान्त गैरकानूनी भएको हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस विषयलाई गम्भिरताका साथ लिएर कोभिड परीक्षण निशुल्क गर्नुपर्ने मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।


सरकारी तथा निजी प्रयोगशालाले कोभिड परीक्षण शुल्क बढी लिएकोमा उनले आपत्तिसमेत जनाए । परीक्षण किटको मूल्य सस्तो पर्ने भएकाले निशूल्क गर्न उनले प्रधानमन्त्रीलाई ध्यानाकाकर्षण गराएका छन् ।

'हामीलाई प्राप्त सूचना तथा गुनासोको आधारमा नेपालका निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम पाँच सय रुपैया लिएको र पीसीआर परीक्षण शुल्क निजी अस्पतालमा न्यूनतम रु.२ हजार र सरकारी अस्पतालमा रु.१ हजार लिई रहेको छ,' उनले भने,' सम्पूर्ण परीक्षण गर्न टेष्टकिटको अधिकतम साइज ९६ प्रयोग गर्दा समेत अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा ८०० रुपैयाँ भन्दा बढी कदापी पर्दैन ।'


Author

थप समाचार
x