नौ महिनापछि दोस्रो लहरको झल्को दिने संक्रमितको संख्या
फाइल तस्बिर
काठमाडौँ- नौ महिनापछि मुलुकमा कोभिड-१९ संक्रमणदरको संख्या उकालो लागेको छ । मंगलबार १० हजार २ सय ५८ जना कोभिड-१९ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ जनाको कोभिड परीक्षण गरिएको छ ।
वैशाख अन्तिमसातादेखि कोभिड संक्रमित देखा पर्दा तीव्र रुपमा बढेको थियो । वैशाख २४ गते मात्र ९ हजार १९६ जनामा कोभिड पुष्टि भएको थियो । सोही दिन २० हजार ४८२ जनाको कोभिड परीक्षण गरिएको थियो ।
त्यसैगरी ५० जनाको मृत्यु भएको थियो र आज १ जनाको मृत्यु भएको छ । दोस्रो लहरले उत्कर्ष लिदै गर्दा मुलुकभर संक्रमितले ज्यान गुमाउनेको संख्या ३५७९ पुगेको थियो ।
तेस्रो लहरको भेरियन्ट देखापर्दा सम्म ११ हजार ६२४ जनाले ज्यान गुमाएका छन् । हालसम्म मुलुकभर कोभिडविरुद्धको पहिलो र दोस्रो मात्रा गरी २ करोड ८३ लाख २२ हजार ८ जनाले खोप लगाइसकेका छन् । तर, दोस्रो लहरको सुरुवातीमा पहिलो र दोस्रो गरी २४ लाख ५३ हजार ५१२ जनाले खोप लगाएका थिए ।
आज २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । सोही दिन २९०५ जना संक्रमणमुक्त भएका थिए । सक्रिय संक्रमित ३९ हजार ४४ जना छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया