स्वास्थ्य

धरानमा महोत्तरीका २० वर्षीय संक्रमित युवकको मृत्यु

इकागज |
माघ ७, २०७८ शुक्रबार १२:६ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- कोभिड-१९ संक्रमणका कारण धरानमा २० वर्षीय युवकको मृत्यु भएको छ । महोत्तरी श्रीपुर ३ का संक्रमित युवकको बिहीबार बेलुका १० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानले जनाएको छ ।

उनलाई ५ गते संक्रमण पुष्‍टि भएको र सोही दिन प्रतिष्‍ठानको कोभिड उपचार केन्द्र भर्ना भएका थिए । प्रतिष्‍ठानमा हालसम्म ४२३ संक्रमितको मृत्यु भइसकेको छ ।



Author

थप समाचार
x