धेरै प्रहरी कोभिड संक्रमित छन् तर, स्वास्थ्य अवस्था जटिल छैनः प्रवक्ता केसी
काठमाडौँ - नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताएका हुन् ।
सञ्चारकर्मीसँग आज कुरा गर्दै उनले संक्रमितहरुको संख्या थपिदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे । प्रवक्ता केसीले फ्रन्ट लाईनमा खटिने प्रहरीहरुका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताए ।
काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरुमा गएर पनि प्रहरीलाई बुष्टर खोप लगाउने व्यवस्था मिलाइएको छ ।
प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुष्टर खोपको व्यवस्था मिलाइएको बताए ।
उनले नेपाल प्रहरीका लागि बुष्टर खोप लगाउन कुनै समस्या नरहेको पटकपटक दोहो¥याए ।
प्रवक्ता केसीले भने, ‘बुष्टर खोप लगाउने काममा पनि जटिलता छैन । काठमाडौंमा त सहज तरिकाले जस्तो नेपाल प्रहरी अस्पताल, अनुरोध भईआएको पुलिस एकेडेमीलगायत सरकारी अस्पतालहरुमा गएर पनि नेपाल सरकारले तोकेको ठाउँहरुमा गएर बुष्टर खोप लगाउन सकिहाल्नु हुन्छ । त्यो व्यवस्थापन हामीले मिलाएकै छौं । अन्यत्र पनि नेपाल सरकारले तोकेको ठाउँहरुमा र नेपाल सरकारको जिल्ला स्वास्थ्य कार्यालयलाई अनुरोध गरेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहने इकाई जस्तो तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्महरुमा पनि व्यवस्थापन गरेर त्यही गएर पनि तेस्रो डोज लगाउने व्यवस्था मिलाईएको छ ।’
कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोनबाट नेपाल प्रहरीमा ६७१ जना संक्रमित भएपनि कुनै पनि स्वास्थ्य जटिलता नदेखिएको प्रवक्ता केसीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया