भरतपुर अस्पताल प्रवेश गर्न पास चाहिने
फाइल तस्बिर
काठमाडौँ- कोभिड-१९ संक्रमितको संख्या बढेपछि भरपुर अस्तपतालमा प्रवेश गर्न पास चाहिने भएको छ । पास नभएकाले अस्पतालको ओपीडीमा प्रवेश नपाउने अस्पतालले जनाएको छ ।
कोभिड संक्रमितबाट सुरक्षित रहन अस्पतालमा भर्ना भएका एक बिरामीको एक कुरुवा हुने भएका छन् । यसअघि पनि अस्पतालले बिरामीको कुरुवाको लागि पास व्यवस्था गरेको थियो ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू दिनप्रतिदिन संक्रमित हुनेको संख्या बढेकाले पासको व्यवस्था गरेको प्रशासनले जनाकएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया