स्वास्थ्य

शुक्रबार काठमाडौँमा थपिए ४२७९ संक्रमित

इकागज |
माघ ७, २०७८ शुक्रबार १६:३० बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा कोभिड-१९ का ५ हजार २९९ संक्रमित थपिएका छन् । काठमाडौँमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ मा संक्रमण पुष्‍टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी, देशभर शुक्रबार १० हजार ७ सय ३ कोभिड संक्रमित थपिएका छन् । आज २३ हजार ९२ जनाको परीक्षण गरिएको थियो ।


२४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म देशभर ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी आज ३ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार ६३५ जनाको मृत्यु भइसकेको छ ।

आइसीयूमा १९४ र भेन्टिलेटरमा ३५ जना उपचाररत छन् । होम आइसोलेसनमा ६३ हजार ७३४, संस्थागत आइसोलेसनमा १६४० र क्वारेन्टाइनमा १५४ जना छन् ।

सक्रिय संक्रमित ६५ हजार ३७४ जना छन् ।


Author

थप समाचार
x