स्वास्थ्य

सरकारी केन्द्रीय मेडिकल स्टोरमा ११ लाख ५८ हजार पारासिटामोल बाँकी

इकागज |
माघ ७, २०७८ शुक्रबार १७:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा पारासिटामोल पठाएको छ । कोभिड-१९ संक्रमितको संख्या वृद्धिभएसँगै पारासिटामोल अभाव भएको थियो । बिरामीले फार्मेसीबाट सहजै सिटामोल जस्ता महत्त्वपूर्ण औषधि पाएका थिएनन् ।

मन्त्रालयले शुक्रबार सबै प्रदेशमा पारासिटामोल पठाएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयकाअनुसार सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको छ । पाँच सय एमजीको ११ लाख ५८ हजार बाँकी पारासिटामोल मौज्दात रहेको छ । 


प्रदेश एकमा २७ लाख ६४ हजार, मधेश प्रदेशमा २१ लाख ३० हजार, बागमती प्रदेशमा १० लाख ९८ हजार ट्याव्लेट पारासीटामोल पठाएको छ ।

यस्तै, गण्डकी प्रदेशमा १८ लाख, लुम्बिनी प्रदेश २७ लाख ३० हजार, कर्णाली प्रदेशमा १० लाख २० हजार र सुदूरपश्चिम प्रदेशमा १८ लाख ट्याव्लेट पठाएको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x