शुक्रराज ट्रपिकल अस्पतालमा टेकुमा खोप कार्यक्रम स्थगित
फाइल तस्बिर
काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । सात दिनको लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरिएको सूचनामा लेखिएको छ,' २०७८ माघ १० देखि १६ गतेसम्मका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत ५० भन्दा बढी स्वास्थ्यकर्मी, बिरामीको उपचाररत चिकित्सक र खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी संक्रमित भएकाले खोप कार्यक्रम स्थगन गरिएको छ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया