धनगढीका एक कोभिड-१९ संक्रमित पुरुषको मृत्यु
कैलाली - सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो।
उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया