'काठमाडौंमा सिटामोल अभाव छैन'
काठमाडाैँ – काठमाडौंमा सिटामोल अभाव नभएकाे अनुगमनकाे क्रममा पाइएकाे छ ।
मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा विभिन्न औषधि पसलहरुमा सिटामोल अभाव नभएको पाइएको हो ।
अनुगमनका क्रममा औषधि बिक्रेताहरुले पछिल्लो समय सिटामोल प्रयाप्तरुपमा आउन थालेको जानकारी दिएका थिए भने अनुगमन अधिकारीहरुले औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
अनुगमन टोलीले काठमाडौंको त्रिपुरेश्वर बानेश्वर लगाएतका क्षेत्रका औषधि पसलमा अनुगमन गरेको र सिटामोलको अभाव नदेखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।
त्यस्तै अनामनगरको भाटभटेनीमा बच्चालाई दूध खुवाउने बट्टामा रिलेवलीङ गरेको गुनासोको आधारमा अनुगमन गर्दा सात वटा बोटलमा रिलेबलीङ गरेको पाइएको र जाँचका लागि वाणिज्यमा पठाइएको उनले बताए ।
उनले कोरोना नियन्त्रणका लागि लागू गरेको मापदण्डको निरन्तर अनुगमन हुने जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया