८८ हजार ट्याब्लेट पारा सिटामोल वितरण
काठमाडौं–सरकारले काठमाडौंका १६ अस्पतालमा पारा सिटामोल वितरण गरिएको छ ।कोभिड १९ का कारण बजारमा अभाव हुन थालेपछि सरकारले ८८ हजार ट्याब्लेट पारा सिटामोल वितरण गरेको हो।
अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा दश हजार, पाटन अस्पतालमा १० हजार, राष्ट्रिय ट्रमा सेन्टरमा दश हजार, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा छ हजार, वीर अस्पतालमा पाँच हजार सिभिल अस्पतालमा दश हजार दिइएको हो ।
त्यस्तै, परोपकार तथा स्त्री रोग अस्पताल, महाराजगञ्जस्थित पुलिस अस्पताल, वीरेन्द्र सैनिक अस्पतालमा ५, ५ हजारको संख्यामा वितरण गरिएको छ । त्यस्तै, गंगालाल राष्ट्रिय मुटु सेन्टरमा दुई हजार, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा दुई हजार, भक्तपुर अस्पतालमा पाँच हजार, भक्तपुर क्यान्सर अस्पतालमा दुई हजार, राष्ट्रिय आयुर्वेद तालिम तथा रिर्सच केन्द्रमा तीन हजार, आयुर्वेद अस्पताल नरदेवीमा दुई हजार वितरण गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया