दमक अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द
झापा - अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोभिड संक्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।
दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।
अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथमबिन्दु दमक अस्पताल मानिन्छ ।
यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेण्ट डा खड्ग लिम्बूले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया