धरानमा खोप लगाएकी ७२ वर्षीया संक्रमितको मृत्यु
फाइल तस्बिर
काठमाडौँ- धरानमा कोभिडविरुद्धको खोप लगाएकी ७२ वर्षीया कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति (शनिबार) मृत्यु भएको हो ।
उनलाई १४ गते मात्र कोभिड पुष्टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएकी थिइन् । प्रतिष्ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलका अनुसार संक्रिमतलाई मधुमेहको समस्या थियो ।
प्रतिष्ठानमा हालसम्म ४ सय ३० संक्रमितको मृत्यु भइसकेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया