चिकित्स संघले भन्यो— डा. गिरीको सवारीसाधनमाथि तोडफोडमा संलग्नलाई कारबाही गर्नू
फाइल तस्बिर
काठमाडौँ- नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. कृष्ण गिरीको सवारीसाधनमाथि तोडफोडमा संलग्नलाई कारबाहीको माग गरेको छ । बुधबार गिरीको सवारीसाधनमाथि अज्ञात समूहले आक्रमण गरेका थिए ।
'चिकित्सकलाई लक्षितगरी सांघातिक हमला गर्ने र अमानवीय गतिविधिमा संलग्न जुनसुकै व्यक्ति वा समूहको पहिचान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष माग गरेको छ,' संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया