काठमाडौँमा थपिए १४०४ संक्रमित
उपत्यकामा सक्रिय संक्रमित ५२ हजार बढी
फाइल तस्बिर
काठमाडौँ- उपत्यकामा १ हजार ८२० कोभिड-१९ संक्रमित थपिएका छन् । शनिबार काठमाडौँमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका हुन् ।
सक्रिय संक्रमित काठमाडौँमा ३७ हजार ३४, भक्तपुरमा ५ हजार ६०५ र ललितपुरमा १० हजार १२५ जना छन् ।
देशभर ४ हजार ९०४ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १४ हजार ५६२ जनाको परीक्षण गरिएको थियो ।
२४ घण्टामा ५ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । आज ६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी २४ घण्टामा २ लाख ७२ हजार ७४८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । मुलुकभर सक्रिय संक्रमित ८७ हजार ३२९ जना छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया