स्वास्थ्य

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला २० पुग्‍यो

इकागज |
माघ १५, २०७८ शनिबार १७:७ बजे

फाइल तस्बिर

काठमाडौँ- पाँच सय भन्दा बढी कोभिड-१९ को सक्रिय संक्रमित रहेको जिल्ला २० वटा पुगेको छ । पछिल्लो २४ घण्टाको तथ्यांकको आधारमा देशभरका २० जिल्ला कोभिड-१९ को उच्च जोखिममा रहेका छन् । 

उपत्यकाका तीन जिल्लासहित २० जिल्ला कोभिड-१९ को रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रदेश १ को झापा, मोरङ र सुनसरी, मधेश प्रदेशमा धनुषा, सप्‍तरी र सिराहा, गण्डकी प्रदेशको कास्की, नवलपरासी पूर्व, तनहुँ, लुम्बिनीको बाँके, रुपन्देही र दाङ, सुदूरपश्चिमको कैलाली ’रेड जोन’मा छन्।

त्यस्तै वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लासहित चितवन, मकवानपुर, नुवाकोट र काभ्रेपालाञ्चोक’रेड जोन’मा छन् ।

 


Author

थप समाचार
x