स्वास्थ्य

कैलालीमा भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाइने

इकागज |
माघ १६, २०७८ आइतबार १०:५७ बजे

फाइल तस्‍बिर

कैलाली - १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कैलालीमा भोलिदेखि कोभिड-१९ विरुद्धको मोडेर्ना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख लालबहादुर धामीले विभिन्न पालिकामार्फत बिद्यालयमा खोप उपलब्ध गराई माघ १७ गतेदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको मोडेर्ना खोप लगाइने बताए ।

खोप लाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाउने लक्ष्य अनुरुप उक्त उमेर समूहका बालबालिकालाई आफू अध्ययनरत विद्यालयमा उपस्थित भै भोलिदेखि खोप लगाउन प्रमुख धामीले आग्रह गरे ।



Author

थप समाचार
x