स्वास्थ्य

धरानमा दुई वृद्ध संक्रमितको मृत्यु

इकागज |
माघ १६, २०७८ आइतबार १२:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- धरानमा दुई वृद्धको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ । सप्‍तरी राजविराज १५ का खोप लगाएका ७५ वर्षीय र झापाका बुद्धशान्ति २ खोप नलगाएका ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका सह-प्रवक्ता डा. चुडामणि पोख्रेलकाअनुसार झापाका संक्रमितलाई किड्नीसम्बन्धी र उच्च रक्तचाप रहेको थियो । उनलाई १० गते कोभिड पुष्‍टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएका थिए । उनको १२ गते मृत्यु भएको हो ।


त्यसैगरी सप्‍तरीका संक्रमितको किड्नीमा समस्या रहेको थियो । उनलाई १४ गते कोभिड पुष्‍टि भएको र सोही दिन कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । उनको १५ गते मृत्यु भएको हो ।

 


Author

थप समाचार
x