स्वास्थ्य

नेपालमा करिब पाँच लाख जनाले लगाए बुस्टर डोज

इकागज |
माघ १९, २०७८ बुधबार १७:३ बजे

फाइल तस्बिर

काठमाडौँ -  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोभिडविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ । कोभिडविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिइरहेको छ । हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । 

उनका अनुसार हालसम्म एक करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज र एक करोड ४८ लाख २८ हजार ९५३ जनाले दुवै डोज अर्थात पूर्ण मात्राको खोप लगाइसकेका छन् ।  नेपालमा चार करोड ५७ लाख आठ हजार ६४० डोज खोप ल्याइएको उनले बताइन् । 



Author

थप समाचार
x