स्वास्थ्यमन्त्री खतिवडालाई डा.केसीले बुझाए ७ बुँदे ज्ञापनपत्र
फाइल फोटो
काठमाडौँ : आफूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै चिकित्सा शिक्षाका अभियान्ता डा.गोविन्द केसीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमै पुगेर डा.केसीले स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउँदै डा.केसीले विगतमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने, सबैको समान पहुँचमा स्वास्थ्य सेवा हुनुपर्ने माग राखेका छन् । सरकारले सम्झौता कार्यान्वयन नगरे संघर्षका कार्यक्रम थाल्ने चेतावनी समेत डा.केसीले दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया