स्वास्थ्य

दाङमा थप एकजना कोभिड सङक्रमितको मृत्यु

इकागज |
माघ २०, २०७८ बिहीबार १६:२६ बजे

फाइल तस्बिर

दाङ - पश्चिम दाङका एकजना कोभिड सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् । गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो । 

उनको गएराति १२ बजे उपचारका क्रममा  मृत्यु भएको  बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए । यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनाम कोभिड सङक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन  परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको  जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।


 हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा  र  आठ जनाको  तुलसीपुर र घोराहीका कोभिड अस्पतालको  सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ । 

यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोभिड विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिएका छन् ।


Author

थप समाचार
x