नेपालमा १८ वर्ष माथिका ७० प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाए
फाइल तस्बिर
काठमाडौँ- नेपालमा १८ वर्ष माथि उमेर समूहका ७० प्रतिशत मानिसले कोभिडविरुद्धको पूर्ण खोप प्राप्त गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्याले कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको छ।
'७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,' डब्ल्यूएचओ नेपालले ट्विटरमार्फत् बधाई दिँदै भनेको छ ।
नेपाल सरकारले चैत्र मसान्तसम्म १८ वर्ष माथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य सहित देशभर खोप अभियान चलाइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया