स्वास्थ्य

काठमाडौँमा सक्रिय कोभिड संक्रमित कति छन् ?

इकागज |
माघ २१, २०७८ शुक्रबार १८:१ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा शुक्रबार ७४५ कोभिड-१९ संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकाम सक्रिय संक्रमित २९ हजार १८३ जना छन् । काठमाडौँमा १६ हजार ३,भक्तपुरमा ३ हजार ८२९ र ललितपुरमा ९ हजार ३५१ जना छन् ।


काठमाडौँ संक्रमणमुक्त ३ लाख ५४२, मृत्यु २ हजार २७९ र कुल संक्रमित ३ लाख १८ हजार ८२४ जना छन् ।

भक्तपुरमा ३३ हजार ४४५ जना संक्रमणमुक्त, मृत्यु ४४५ र कुल संक्रमित ३७ हजार ७१९ जना छन् । त्यसैगरी ललितपुरमा संक्रमणमुक्त ५४ हजार ९०३, मृत्यु ७३० र कुल संक्रमित ६४ हजार ९८४ जना छन् ।


Author

थप समाचार
x