स्वास्थ्य

श्रीलंकामा एक महिनामै आठ हजारभन्दा बढी डेंगुका बिरामी भेटिए

इकागज |
माघ २१, २०७८ शुक्रबार १९:२९ बजे

एजेन्सी- श्रीलङ्कामा सन् २०२२ मा डेंगु भाइरसका आठ हजार ३०३ भन्दा बढी बिरामी दर्ता भएका छन् । जसमध्ये जनवरीमा सात हजार ७०२ जनामा डेङ्गु सङ्क्रमण भएको स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उदृत गरी शुक्रबार जानकारी दिएका छन् ।

गत वर्षको पछिल्लो समय तुलना गर्दा डेंगु भाइरसको खतरा घट्दै गएको भए पनि आगामी साउन महिनासम्म सङ्क्रमण जारी रहने र त्यसपछि मध्यम स्तरमा रहने राष्ट्रिय डेंगु नियन्त्रण एकाइबाट शिलान्थी सेनेभिराट्नेको भनाइ उदृत गर्दै स्थानीय दैनिक मिररले जनाएको छ ।रासस



Author

थप समाचार
x