स्वास्थ्य

काठमाडौँमा थपिए ३५० संक्रमित

इकागज |
माघ २४, २०७८ सोमबार १७:३० बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा सोमबार ४३७ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ३५०, भक्तपुरमा २८ र ललितपुरमा ५९ जना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित १९ हजार १०४जना छन् । काठमाडौँमा ९ हजार ३९६,भक्तपुरमा २ हजार ६७२ र ललितपुरमा ७ हजार ३६ जना सक्रिय संक्रमित छन् ।


काठमाडौँमा संक्रमणमुक्त ३ लाख ८ हजार २१९, मृत्यु २ हजार २८५ र कुल संक्रमित ३ लाख १९ हजार ९०० जना छन् ।

भक्तपुरमा ३४ हजार ७०३ जना संक्रमणमुक्त, मृत्यु ४४७ र कुल संक्रमित ३७ हजार ८२२ जना छन् । त्यसैगरी ललितपुरमा संक्रमणमुक्त ५७ हजार ५०१ , मृत्यु ७३४ र कुल संक्रमित ६५ हजार २७१ जना छन् ।


Author

थप समाचार
x