स्वास्थ्य

नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत

इकागज |
माघ २५, २०७८ मंगलबार १६:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय गर्दै सरकार प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।

प्रवक्ता कार्कीकाअनुसार २४ माघमा बसेको बैठकले नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको कार्ययोजना पास गरेको थियो ।



Author

थप समाचार
x