जिल्ला अस्पतालबाट ६ महिनामा ४० हजार लाभान्वित
लमजुङ – जिल्ला अस्पताल लमजुङबाट ६ महिनाको अवधिमा करिब ४० हजार नागरिकले स्वास्थ्य सेवा लिएका छन् । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस महिनासम्म ३९ हजार ६ सय ५१ जनाले सेवा लिएका हुन् ।
अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार चालु वर्षको ६ महिनासम्म २७ हजार ७ सय ८४ जनाले बहिरङ्ग सेवा लिएका छन् । ४ हजार ७ सय ७७ जनाले आकस्मिक सेवा, ६ सय ५८ जनाले प्रसूति सेवा, ७ सय ८० जनाले दन्त सेवा, १ हजार ७ सय ३८ जनाले आँखाको सेवा लिएका छन् । यसैगरी २ हजार ७ सय २० जना भर्ना भएका तथा १ हजार १ सय ९४ जनाले शल्यक्रिया सेवा लिएको प्रमुख श्रेष्ठले बताए ।
६ महिनाको अवधिमा ५ वर्ष मुनिका २ हजार ८ सय ७६ जनाले सेवा लिएका छन् । १ हजार ७ सय ४ जनाले कोभिड परीक्षण गरेका छन् । यस्तै गत वर्षमा जिल्लाका विभिन्न ठाउँका ५७ हजार ७ सय ७८ जना सेवा लिएका थिए । सेवा लिने मध्येमा ४० हजार २ सय ७१ जनाले बहिरङ्ग सेवा लिएका थिए । ६ हजार ६ सय ९५ जनाले आकस्मिक सेवा लिएका छन् ।
गत वर्षमा ४ सय ७० जनाले दन्त सेवा, ३ हजार २ सय ३० जनाले आँखा सेवा, १ हजार १ सय ७१ जनाले प्रसूति सेवा, २ हजार १ सय २४ जनाले शल्यक्रिया सेवा लिएका थिए । ३ हजार ८ सय १७ जना भर्ना भएर बसेको प्रमुख श्रेष्ठको भनाइ छ ।
यसैगरी ५ वर्ष मूनिका ३ हजार २ सय ९८ जनाले सेवा लिएका थिए । गत वर्ष कोरोना संक्रमणका कारण अस्पतालमा उपचार तथा चेकजाँचका लागि आउने बिरामी संख्यामा कमी भएको तर हाल कोरोना जोखिम कम भएकाले सेवा लिनेको संख्यामा वृद्धि भएको हो ।
यस्तै आर्थिक वर्ष २०७६/०७७ मा अस्पतालमा ५५ हजार २ सय ४५ जनाले बहिरङ्ग सेवा लिएका थिए । भर्ना भएका ४ हजार १ सय ६८ जना, आकस्मिक सेवा लिएका विरामी संख्या १० हजार ४ सय ७५ जना, गर्भवती सेवा १ हजार १ सय २३ जना, सर्जरीतर्फको सेवा १ हजार ४ सय ९ जना, यूएसजी सेवा लिनेको संख्या ६ हजार ८ सय ६३, ईसिजी सेवा दिनेको संख्या २ हजार ४ सय ४९ थियो ।
एक्सरे गर्नेको संख्या १६ हजार ५ सय ४१, आँखाको बिरामीको संख्या ३ हजार ५ सय २७, दाँतको बिरामीको संख्या १ हजार ४ सय २, मनोवैज्ञानिक परामर्श ९ सय ८० जनालाई दिइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया