दुई करोड ५९ लाख लागतमा स्वास्थ्यचौकी भवन निर्माण
फाइल फाेटाे
मोरङ- लेटाङ नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । कूल दुई करोड ५९ लाखको लागतमा भवन निर्माण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए । अस्पताल सञ्चालन भएपछि सरकारले दरबन्दीअनुसारको स्वास्थ्यकर्मी उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
सोही नगरपालिकाको वडा नं ५ स्थित १० शैययाको आधारभूत अस्पताल निर्माणका लागि निर्माण व्यावसायीसँग नौ करोड ९९ लाख ३६ हजारको लागतमा सम्झौता भई निर्माण कार्य सुरु गरिएको जनाइएको छ ।
यसैगरी कृषिउपजलाई बजारीकरण गरी कृषकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले वडा नं ४ स्थित कृषि हाटबजार निर्माणको अन्तिम चरणमा पुगेको छ । सो कार्यका लागि तीन करोड २० लाख १६ हजार लागतमा ठेक्का भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया