स्वास्थ्य

काठमाडौँ उपत्यकामा कति छन् सक्रिय संक्रमित?

इकागज |
फागुन ७, २०७८ शनिबार १४:५ बजे

फाइल तस्बिर

काठमाडौँ- केही सातादेखि यता मुलुकभर कोभिड-१९ संक्रमणदर घट्दै गएको छ । काठमाडौँ उपत्यकामा पनि दिनप्रतिदिन संक्रमितको संख्या कम हुँदै गइरहेको छ ।

उपत्यकामा सक्रिय संक्रमित ५ हजार ७८५ जना छन् । यो समाचार तयार पार्दासम्म काठमाडौँमा सक्रिय संक्रमित ३ हजार ३८६, भक्तपुरमा ५५० र ललितपुरमा १ हजार ८४९ जना संक्रमित छन् ।


काठमाडौँमा संक्रमणमुक्त ३ लाख १६ हजार ८४१, मृत्यु २ हजार २९९ र कुल संक्रमित ३ लाख २२ हजार ५२६ जना छन् । भक्तपुरमा संक्रमणमुक्त ३७ हजार ११, मृत्यु ४ सय ४८ र कुल संक्रमित ३८ हजार ९ जना छन् ।

त्यसैगरी ललितपुरमा संक्रमणमुक्त ६३ हजार १४९, मृत्यु ७४५ र कुल संक्रमित ६५ हजार ७४३ जना छन् ।

 


Author

थप समाचार
x