अब स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ दसैंपछि मात्र
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कोभिड–१९ को नियमित अपडेट गराउँदै आएको छ । मन्त्रालयले ०७६ चैत ११ गते लकडाउन सुरु भएदेखि नियमित पत्रकार सम्मेलनद्वारा कोभिड अपडेट गराउँदै आएको थियो ।
आज भएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अबको पाँच दिनसम्म नियमित प्रेस ब्रिफिङ नगर्ने बताए ।
‘मन्त्रालयले दसैंको बिदामा नियमित प्रेस ब्रिफिङ नगर्ने भएको छ,’ प्रवक्ता गौतमले भने,‘नियमित प्रेस ब्रिफिङ नगरेपनि समाजिक सञ्जाल र वेब साइटबाट कोभिड अपडेट गर्नेछाैं ।’ दशैँ बिदा लगत्तै आउने बुधकारदेखि थप परिस्किृत गर्दै कोरोना अपडेटमा उपस्थित हुने उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया